PRIME TIME 8 PM NEWS_2077_09_17 - NEWS24 TV

1 Просмотры
Издатель
दलहरुको दोहनमा पर्न थालेको छ –संवैधानिक निकायहरु पनि । विशेषत नेकपाको विभाजन पछि यतिखेर सर्वोच्च अदालत र निर्वाचन आयोगप्रति सबैको ध्यान तानिनु स्वभाविक नै हो । तर यी सम्मानित निकायहरुलाई आफ्नो अनुकुल प्रयोग गर्न र त्यही अनुसारको भाषा प्रयुक्त गर्न खोज्न युक्तिसंगत मानिदैनन । नेकपाका दुबै पक्षका नेताहरु अहिले यही गरिरहेका छन् । जुन मर्यादित मानिएको छैन । सर्वोच्च अदालत र निर्वाचन आयोग विवाद भन्दा माथि रहेका निकायहरु हुन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्वाचन आयोगलाई अघि सारेर विपक्षी बनेका नेकपाका नेताहरु तर्फ तीर साँध्नु कुर्सीको मर्यादाले पनि दिदैन नत नैतिकताले नै दिन्छ । यी दुई निकायले दिने निर्णय स्वीकारयोग्य हुन्छ भन्ने मान्यता र विश्वास सर्वत्र छ । त्यसैले पनि नेकपा नेताहरुले मर्यादित संस्थाहरुमाथि मर्यादित भाषा प्रयोग गरेर आफ्नो मर्यादा राख्न नै हितकर हुन्छ ।

प्राईम टाईम न्यूजका हेडलाइन्स ।

१. नेकपा विवादले संवैधानिक निकायहरु दोहनमा पर्दै, आफु अनुकुल अभिव्यक्ति दिएर सर्वोच्च अदालत र निर्वाचन आयोगलाई विवादमा ल्याउने प्रयास जारी ।

२. एउटा दलको विवादले प्रतिनिधिसभा विघटन गरेको भन्दै राष्ट्रिय सभामा विरोध, प्रधानमन्त्रीले संविधानको मर्म मारेको आरोप

३. गणतन्त्र र संघीयता असफल भइसकेकोले देशमा राजसंस्थासहितको प्रजातन्त्र ल्याउन राप्रपाको माग , जनअपेक्षा अनुरुप दलहरुले काम गर्न नसकेको आरोप

४. दौरा सुरुवाल र सारी चोलोप्रति युवावर्गमा पनि आकर्षण बढ्दै, राज्यले नै राष्ट्रिय पोशाकबाट हटाएपनि सामाजिक व्यवहारमा झनै लोकप्रिय बन्दै ।

५. र, नौ महिनादेखि बन्द रहेको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ पुष २१ देखि खुल्ने , कोरोनाले थलिएको मुस्ताङको पर्यटकीय गतिविधि पुनः चम्किने विश्वास ।

SUBSCRIBE :
WEBSITE :

#News24Nepal #SidhaKuraJanataSanga #PrimeTimeNews
Категория
Комедии онлайн
Выполните вход или зарегистрируйтесь для отправки комментария.
Комментариев нет.
Яндекс.Метрика